Harsamaya
तपाईँको आजको दिन: नयाँ अवसर र सफलता दिलाउने संकेत
सांकेतिक तस्वीर: हर समय/ Har samaya

काठमाडौं - आज २०८२ असार ३ गते मंगलबार । ग्रह नक्षत्रको प्रभावले आज विभिन्न राशिका व्यक्तिहरूका लागि विशेष अवसर, वित्तीय फाइदा, स्वास्थ्य सम्बन्धी सचेतना र  प्रेम जीवनमा परिवर्तन आउन सक्ने संकेत देखिएको छ।

मेष : तपाईँको दिन आज भेटघाट र रमाइलोमा बित्नेछ । बोलीचालीमा मिठास आउनेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। पढाई लेखाइमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

वृष :  व्यापार व्यवसायबाट लाभ मिल्नेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। घरेलु कामले अधिकांश समय व्यस्त राख्नेछ। कसैको व्यावसायिक प्रगति हुनेछ। साथीभाइको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ आम्दानी सामान्य भए पनि ठुलो खाँचो टर्नेछ।पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन : शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। काममा सफलता मिल्नेछ भने गरेको कामको उचित मूल्याङ्कन हुनेछ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ।

कर्कट : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। जागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केही समस्या आउन सक्छ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

सिंह : रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ। सामाजिक मान सम्मान मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। दिनको पछिल्लो भागको अनपेक्षित सुसमाचारले सम्पूर्ण परिवारको लागि आनन्द र खुसी ल्याउँछ।

कन्या : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमानदारिताको अरूले प्रशंसा गर्नेछन्। असन्तुलित खानपानले पेटको समस्या आउन सक्छ । तपाईँले अवकाशको खुसीलाई रमाइलो पार्न जानु हुँदै छ।

तुला : अरूको विश्वास सजिलै जित्न सकिनेछ। केही गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरू सुचारु हुनेछन्। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन्। प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

वृश्चिक : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

धनु : विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। कलात्मक क्षेत्रमा राम्रो छ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

मकर : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुचि बढ्नेछ। मन उत्साहित हुनेछ। समुदायको हितमा गरिएका कामको प्रशंसा हुनेछ।

कुम्भ : काममा उतारचढाव आउनेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ। सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्त्वपूर्ण काम दिलाउन सक्छ। मान सम्मान पनि पाइनेछ। परिवारको लागि उपचारमा खर्च बढ्ने छ ।  

मीन : अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोकिएका कामहरू सुचारु हुनेछन्। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा भने केही समस्या देखिनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। तपाईँले चिनेका कसैले घरमा वित्त सम्बन्धी समस्यामा धेर विवाद ल्याएर घरमा अशान्ति ल्याउने परिस्थिति बनाउन सक्छ।

 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update