Harsamaya
संसद्‌मा रास्वपा र राप्रपाको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी

काठमाडौं - संघीय संसदको चौथो र पाँचौँ ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बिच प्रतिनिधिसभाको कारबाही अघि बढेको छ ।सभामुख देवराज घिमिरेले बैठक सुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो । घिमिरे बोल्न थालेपछि रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर नाराबाजी गरेका छन् ।

उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन् । जेठ १३ गते देखि विपक्षी दलहरूले  निरन्तर संसद अवरुद्ध गर्दै आएका  थिए । 

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update