Harsamaya
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा ।

काठमाडौं -  राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि १ :१अनुपातमा १०० रुपैयाँ अङ्कित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको उक्त हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदका लागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ । 

त्यसै गरी त्रिपुरेश्वरस्थित राप्ती हाईड्रो पावरको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरू, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ, पोखरा, नेपालगन्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल धितो पत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरूबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति असार २२ गते सम्म रहेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ  क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update