ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।
कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड हुने भएको हो ।
कम्पनीले गत जेठ १४ देखि २० गते सम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो । मागभन्दा बढी आवेदन परीसकेकाले करिव १७ लाख आवेदकको हात खाली हुनेछ ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२  १०:१७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
