Harsamaya
ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रौतहट - रौतहटको हुसेनी चोक नजिकमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

खेतबाट सडकमा निकाल्ने क्रममा ना४त २०६८ नं. को ट्रयाक्टर अगाडिको भाग उठेर पल्टिएको प्रहरीले जनाएको छ ।

तीब्र गतिमा रहेको ट्रयाक्टर अनियंत्रित भइ हुसेनी चोक र आकरपाथरको भित्री सडकखण्डमा दुर्घटना भएको रौतहट प्रहरीले जानकारी दिएको हो ।

वृन्दावन नगरपालिका–७ स्थितमा शनिबार भएको ट्रयाक्टर दुर्घटनामा २४ वर्षीय चालक नजामोदिन मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए ।

उनका अनुसार गम्भीर घाइते अवस्थामा रहेका मन्सुरीलाई उपचारको लागि चन्द्रपुर अस्पतालमा लगिएको थियो ।

चन्द्रपुर अस्पतालमा उपचारका क्रममा चालक मन्सुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए। यस घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update