कविता : पहिलो भेट
                            
                            
                                                        
                                                     
                                                            जुन मोडमा तिमी भेटे त्यो मोड नै प्यारो लाग्छ। 
त्यै दिनदेखि पाइला मोड नै मलाई गाह्रो लाग्छ।
खै किन हो पहिलो भेटमै तिमी समीप रोकिए म।
रमाई रमाई आनन्दले मीठो भासमै जाकिए म।
जे जे पर्थ्यो भोग्ने थिए प्यारो साथ पाउन पाए। 
अखण्डित मेरो मनलाई तिमीसित जोड्न पाए।
कैयौँ जीवन बन्धक बस्थे तिम्रै ऋण खान पाए।
सयौं जुनी जन्म माग्थे तिम्लाई लिई जान पाए।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०७:००
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    