कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले सूचना जारी गर्दै आज बिहीबार देखि ९ हजार ७ सय २ कित्ता संस्थापक शेयर विक्रीमा राखेको हो ।
बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै बोलकबोल प्रक्रियामार्फत यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिइसक्नु पर्नेछ ।
निर्धारित मिति भित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ १२:३३
प्रतिक्रिया दिनुहोस्