
काठमाडौँ - आज २०८१ जेठ २८ गते बुधबार। ग्रह नक्षत्रको प्रभावले आज विभिन्न राशिका व्यक्तिहरूका लागि विशेष अवसर, प्रेम जीवनमा परिवर्तन, स्वास्थ्य सम्बन्धी सचेतना, र पारिवारिक सम्बन्धमा महत्त्वपूर्ण मोड आउन सक्ने संकेत देखिएको छ।
मेष : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । तपाईँलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ। यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ। तपाईँले परिवारका सदस्य र साथीहरूसँग पर्याप्त समय पाउनुहुनेछ।
वृष : नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मान सम्मान र प्रतिष्ठा बढ्नेछ । हुनेछ। कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । स्वास्थ्य पूर्णतः ठिक रहनेछ। अचानक धनको लाभ हुने छ।
मिथुन : परोपकारी काममा रुचि बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ । तपाईँको विनम्र व्यवहारको सराहना गरिनेछ। धेरै मानिसहरूले तपाईँको मौखिक रूपमा प्रशंसा गर्नेछन्। पारिवारिक भेटघाटले खुसी ल्याउनेछ।
कर्कट : खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समुदायको लागि गरिएका प्रयासहरूको प्रशंसा हुनेछ। स्वास्थ्य राम्रो रहन्छ। आफन्तहरूले तपाईँबाट पनि केही मद्दतको आशा गर्नेछन्।
सिंह : साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। तपाईँको श्रमको उचित मूल्य पाइनेछ र आम्दानी बढ्नेछ। तपाईँ दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। बिरामी भएको आफ्नो आफन्त हेर्न जानुहोस्।
कन्या : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। तपाईँका प्रशंसकहरू बढ्नेछन् र सम्मान पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रण गर्न सकिनेछ व्यवसायमा ठुलो फाइदा ल्याउनेछ। टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबिच सरसल्लाह भने नमिल्न सक्छ ।
तुला : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । पढाइमा पनि प्रगति हुने समय छ । अध्ययन र अध्यापनमा प्रगति हुनेछ। तपाईँको बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नेछ रमाइलो यात्राको अवसर जुट्न सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। श्रमको उचित मूल्याङ्कन हुनेछ ।
वृश्चिक : व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ । सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर मिल्नेछ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। पारिवारिक भेटघाटले मन रमाउने छ ।
धनु : प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । धेरैले तपाईँका कामको तारिफ गर्नेछन् । लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ । पैतृक सम्पत्तिको प्रयोग गरेर थप फाइदा उठाउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। ।
मकर : समाजमा मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। विगतका कमजोरीहरू सुधार्ने अवसर पाइनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।
कुम्भ : सुख दुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुरुमा केही खर्च लागे पनि तपाईँले सोचेका कार्यहरू सफल हुनेछन्। तपाईँसँग आज आफ्नो लागि पर्याप्त समय हुनेछ।
मीन : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। सोचेको आटेको कामहरू बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मनको डर उत्साहमा बदलिने छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। वैदेशिक कामकाजमा फाइदा होला ।