Harsamaya
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ बस्ने रौतहट परोहा नगरपालिका–८ घर भएका ३५ वर्षीय हरिकृष्ण ठाकुर, ललितपुर महानगरपालिका–५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका–१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका–१५ बस्ने काभ्रे पाँचखाल नगरपालिका–३ घर भएका ५५ वर्षीय कविराज सिपखान रहेका छन् ।

पक्राउ परेकामध्ये हरि कृष्णले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ, रिनाले पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै ३ जना पीडितबाट १८ लाख ५५ हजार र कविराजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख १४ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरिलाई काठमाडौं महानगरपालिका–२२, रिनालाई ललितपुर महानगरपालिका–५ र कविराजलाई काठमाडौं महानगरपालिका–२८ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update