दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ ।
राज्य व्यवस्था समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान साढे ८ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल विद्युत् प्राधिकरणले २०८२ साल वैशाख महिनामा जारी गरेको श्वेतपत्रका विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ ०७:२७
प्रतिक्रिया दिनुहोस्