Harsamaya
युएसएआइडी बन्द भएपछि आयोजना सम्पन्न गर्न स्थानीय सरकार सक्रिय
युएसएआइडी बन्द भएपछि आयोजना सम्पन्न गर्न स्थानीय सरकार सक्रिय ।

मुगु -  जिल्लाका  चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका, सोरु र खत्याड गाउँपालिका र युएसएआईडीको आर्थिक साझेदारीमा १४ वटा खानेपानी आयोजना संचालित थिए ।

हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेकए) नेपालको प्राविधिक सहयोगमा संचालित ती आयोजनाहरू हाल संकटमा परेका छन् । 

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसआइडी’ अन्तर्गतका ती योजनाहरू अलपत्र अवस्थामा पुगेका हुन् । तर छायाँनाथ रारा नगरपालिकाले आफ्नो क्षेत्र भित्रका त्यस्ता आयोजना पुनः निर्माण गर्ने निर्णय गरेको छ । 

छायाँनाथ रारा नगरपालिकाको कार्यपालिकाको बैठकले हालै गरेको निर्णय अनुसार युएसएआइडी र नगरपालिकाको आर्थिक साझेदारीमा संचालित नगरपालिका भित्रका ६ वटा खानेपानी आयोजनालाई निरन्तरता दिने निर्णय भएको हो ।

छायाँनाथ रारा नगरपालिकामा ६ खत्याड गाउँपालिमा ६ र सोरु गाउँपालिकामा २ गरि १४ वटा आयोजना निर्माण गरी ८ सय ४२ घरधुरी र सामुदायिक संस्थामा ६ धारा खानेपानीका

धारा सम्झौता अनुसार ०८१ मंसिरदेखि ०८२ असार मसान्तसम्म निर्माण गरी सुरक्षित खाने पुराउनुपर्ने थियो । आयोजना स्थलमा ३० प्रतिशत काम अगाडि बढिसकेको थियो ।

युएसएआईडीको ४ करोड १२ लाख २५ हजार ९ सय १८ रुपैयाँ मध्ये १ करोड ३९ लाख ५९ हजार ८ सय ९३ रुपैयाँ बराबरको निर्माण सामग्री आयोजना स्थलमा ढुवानी भइसकेको थियो । 

नगरपालिकाकाले आफ्ना नगरभित्रका ६ वटा आयोजनाका लागि ३८ लाख १२ हजार ५ सय ७६ खत्याड गाउँपालिकाले ४१ लाख ८६ हजार ५ सय ७७ र सोरु गाउँपालिकाले १३ लाख ४५ हजार ५ सय १४ पैसा विनियोजित गरी निर्माण कार्य अघि बढिरहेका बेला ट्रम्प प्रशासनले युएसए आईडीका अन्य परियोजना सहित कर्णाली जल परियोजनाको काम समेत बन्द गर्ने निर्देशनले यि आयोजनाहरू अलपत्र परेका थिए ।

आफनो नगरपालिका भित्रका आयोजना अलपत्र अवस्थामा रहेपछि नगरपालिकाको तर्फबाट ८३ लाख ३४ हजार ३ सय ११ रुपैयाँ ६९ पैसा सम्बन्धित वडाको तर्फबाट ८३ लाख ३४ हजार ३ सय ११ रुपैयाँ गरी कुल १ करोड ६६ लाख ८६ हजार २३ रुपैयाँ ३८ पैसामा ६ वटा आयोजन हिमाली ग्रामीण युवा समाज विकास केन्द्र(हिरिसडेक)को प्राबिधिक सहयोगमा पुन संचालन गर्ने भन्ने निर्णय भएका उक्त संस्थाका कार्यकारी निर्देशक शिवचन्द्र कार्कीले जानकारी दिएका हुन् । 

समुदाय स्तरबाट पुनः निर्माण गरी दशैं अगाडि निर्माण कार्य सम्पन्न गरी आयोजना स्थलका घरघरमा खानेपानीका धारा निर्माण सम्पन्न गरिने छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णु कुमार भामले बताए । 

खत्याड गाउँपालिका सक्रिय
खत्याड गाउँपालिकाले पनि आफ्नो पालिकाभित्र युएसएआइडीले अलपत्र अवस्थामा छाडेका ६ वटा आयोजनालाई पालिका आफैले निर्माण कार्यलाई निरन्तरता दिने भएको छ ।

खत्याड गाउँपालिका र युएसएआइडीको आर्थिक साझेदारीमा हिरिसडेक नेपालको प्राविधिक सहयोगमा ६ वटा आयोजना संचालित थिए । ती आयोजनाबाट ३ सय ८५ घरधुरीका घर घरमा धारा निर्माण भई प्रत्येक घर धुरीले सुरक्षित खानेपानी उपभोग गर्न पाउने थिए । 

ती आयोजनाका लागि गाउँपालिकाले ४१ लाख ८६ हजार ५ सय ७७ रुपैयाँ विनियोजित गरेको र बाँकी रकम युएसएआइडले व्यर्होने सम्झौता अनुसार ५० प्रतिशत निर्माण सामग्री आयोजना स्थलमा पुगिसकेको थियो ।

आयोजनाहरू अलपत्र पर्ने देखेपछी गाउँपालिकाले आवश्यक ७० लाख रकम आउँदो बजेटमा व्यवस्थापन गरी दसैँभित्र ६ वटा आयोजनाका प्रत्येक घरमा एक घर एक धारा पुराउने लक्ष्य राखिएको खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए ।

आगामी बजेटमा समेटिने
सोरु गाउँपालिका—८ रुमा गाउँका ८९ घरधुरीका लागि युएसएआइडी र गाउँपालिकाको साझेदारीमा एक घर एक धाराको कार्य अगाडि बढिरहेको थियो । तीन वटा आरबिटी निर्माण हुँदै मुख्य पाइप लाइनको काम सकिएको थियो । 

लामो समयदेखि पानीका समस्या झेल्दै आएका रुमाबासीहरु घर घरमा धाराबाट पानी उपभोग गर्न पाइने भएपछि खुशी देखिन्थे । तर निर्माण कार्य रोक्नुपर्ने निर्देशन आएपछि उपभोक्ता चिन्तित भएका थिए । 

उक्त आयोजना निर्माण समितिका अध्यक्ष अमृत रावल भन्छन्,‘रुमाबासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । त्यही बीचमा सुरक्षित खानेपानी पुर्याउने आफनो लक्ष्य थियो । तर एक्कासी काम रोक्नु भन्ने जानकारी आएपछि काम रोकेका थियौं । तर आरबिटीहरु माटोले पुरेर पुनः प्रयोग गर्न नमिल्ने भएको हुँदा मन कटक्कै पोलेको छ ।’ तर उक्त आयोजनाहरू पनि आउँदो बजेट सभाबाट रकम व्यवस्थापन गरी पुनः निर्माण सुरु गरिने सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update