हिमानी र हृदयन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र हुम्लामा
                            
                            
                                                        
                                                    
                                                            जुम्ला - जुम्ला पुगेकी पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहलाई भव्य स्वागत गरिएको छ । गुठिचौरमा बर्थिङ सेन्टरको शिलान्यास र हिमामा सिंचाई पोखरीको उद्घाटन गर्न शनिबार उनीहरु जुम्ला आइपुगेका हुन् ।
हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा जुम्ला पुगेका हुन् । जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १७:२५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
