मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण

बाजुरा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृह जिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् ।
आगलागीको जानकारी लगत्तै काठमाडौँबाट बाजुरा पुगेका मन्त्री पाण्डेले आगलागीबाट क्षति पुगेको बाम्का बजार क्षेत्र स्थलगत अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा उनले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिए ।
शुक्रबार बाम्का बजारस्थित नवदुर्गा होटेलमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी भएको थियो । आगलागीमा परेर बाम्का बजारका झन्डै ४० वटा पसल पूर्ण रूपमा नष्ट भएका छन् ।
स्थानीय बासिन्दाहरूले ठुलो आर्थिक क्षति भएको जनाउँदै सरकारसँग राहत तथा पुनर्निर्माणमा सहयोगको माग गरेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२ १६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय