हरि प्रसाद शर्माको कला प्रदर्शनी अब जेठ २४ गतेसम्म
-1749087962.jpg)
काठमाडौं - चर्चित कलाकार हरि प्रसाद शर्माको चित्रकला प्रदर्शनी अब केही दिन थप गरिएको छ।
सार्वजनिक यातायात नचल्दा दर्शकहरूले भोगेको असुविधालाई मध्यनजर गर्दै तथा दर्शकहरूको निरन्तर आग्रहलाई सम्मान दिँदै, प्रदर्शनीको अवधि जेठ २४ सम्म बढाइएको हरि प्रसाद शर्माको फेसबुकमार्फत जानकारी दिइएको छ।
प्रदर्शनीको समय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म रहनेछ। यस प्रदर्शनीमा विभिन्न भावनात्मक र जीवनदर्शन झल्काउने चित्रहरूको संग्रह प्रस्तुति गरिएको छ। जसले नेपाली चित्रकला प्रेमीको मन जितिरहेको छ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ ०७:३१
प्रतिक्रिया दिनुहोस्