Harsamaya

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको अवलोकन गरेका छन् ।

मंगलबार काठमाडौं उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोरेका चित्रकलालाई प्रधानमन्त्री ओलीले बबरमहलस्थित नेपाल कला परिषद्मा अवलोकन गरेका हुन् । 

अवलोकनपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले नेपाली कला, संस्कृति र इतिहासलाई चित्रमा उतार्नु सहज नभए पनि कलाकार शर्माले मेहनतपूर्वक चित्रकलामा आफूलाई सक्रिय बनाएकोमा प्रशंसा गरेका छन् ।  

नेपाल सम्पदा संघको आयोजनामा उक्त प्रदर्शनी यही जेठ ९ गतेदेखि सञ्चालित छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update