काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले रंगकर्मी हरिप्रसाद शर्माको कलाहरू हेर्न जानुपर्ने बताएकी छिन् । सोमबार आर्ट काउन्सिल बबरमहलमा शर्माका कलाहरू हेर्न पुगेकी श्रेष्ठले यस्तो बताएकी हुन् । शर्माले रिसर्च गरेर कलाहरू बनाउने गरेको उनले बताइन् ।
‘जुन लेभको उहाँले मेहनत गर्नुहुन्छ थाहा छैन भने रिसर्च गर्नुहुन्छ त्यसमा उहाँलाई उहाँको छोराले पुस गर्नुहुन्छ रिसर्च गरिसकेपछि त्यसलाई पन्छाएर उहाँ इम्याजिनेसनमा जानुहुन्छ,उनले भनिन्, इम्याजिनेसनपछि मल्टिपल रफ स्केचेसहरू बनाइसकेपछि बल्ल पर्पर पेन्टिङमा जानुहुन्छ त्यो डेडिगेसन र लगाव अतुलनीय छ । उहाँले आफ्ना संस्कृतिहरूलाई जसरी जीवन्त तुल्याउनु भएको छ त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’ हामीले पढेको अक्षरका कुरा जीवन्त कलामार्फत ल्याउने गरेको सुमनाले सनुाइन् ।
श्रेष्ठले आर्ट प्रमोटका लागि शिक्षा पहिलो कुरा भएको बताइन् । उनले आर्ट कम्पिटिसनहरू गराएर आर्टिस्टको लेभल छुट्याउनुपर्ने बताइन् ।
शर्माको कला प्रदर्शनी जेठ २१ सम्म जारी रहनेछ ।
यो पनि हेर्नुहोस् :-