Harsamaya
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - आज २०८२ जेठ २२ गते बिहीबार। आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ - अब हेरौँ, तपाईँको राशिमा के लेखिएको छ ?

मेष : विश्वास गरेकाले साथ दिनेछन् । भेटघाटमा समय बित्नेछ । रोकिएका कामहरू सुचारु हुनेछन् । तपाईँलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ। यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ। । स्वास्थ्यमा सुधार आउनेछ । तर, केही कामका लागि अतिरिक्त चुनौतीहरू पनि आइपर्न सक्छन्।

वृष : श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । सामान्य देखिनुका बाबजुद, ठुलो खाँचो पूरा हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । स्वास्थ्य पूर्ण ठिक रहनेछ। अचानक धनको लाभ हुने छ।

मिथुन : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ । तपाईँको विनम्र व्यवहारको सराहना गरिनेछ। धेरै मानिसहरूले तपाईँको मौखिक रूपमा प्रशंसा गर्नेछन्। पारिवारिक भेटघाटले खुसी ल्याउनेछ।

कर्कट : खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। समाजमा मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । समुदायको लागि गरिएका प्रयासहरूको प्रशंसा हुनेछ। स्वास्थ्य राम्रो रहन्छ। आफन्तहरूले तपाईँबाट पनि केही मद्दतको आशा गर्नेछन्। प्रेममय जीवन जीवन्त हुनेछ।

सिंह : परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। साथीभाइको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ । तपाईँको श्रमको उचित मूल्य पाइनेछ र आम्दानी बढ्नेछ।

कन्या : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक सङ्केतहरू प्राप्त हुनेछन् । प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रण गर्न सकिनेछ व्यवसायमा ठुलो फाइदा ल्याउनेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।  

तुला : अध्यन र अध्यापनमा प्रगति हुनेछ। तपाईँको बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नेछ रमाइलो यात्राको अवसर जुट्न सक्छ। काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। तपाईँ सजिलै कामहरू पूरा गर्न सक्नुहुनेछ।

वृश्चिक : रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर मिल्नेछ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। पारिवारिक भेटघाटले मन रमाउने छ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ ।

धनु : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। तपाईँको क्षेत्रमा प्रभुत्व जमाउने समय आएको छ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। ।

मकर : काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मान सम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर प्राप्त हुनेछ। व्यापारबाट लाभ मिल्नेछ। शरीरको गति राख्न र आफ्नो शरीरमा ऊर्जा भर्नको लागि मनोरञ्जनका गतिविधिहरूमा केही समय बिताउनुहोस्।

कुम्भ : आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। व्यवसायमा लगानी बढाउने अवसर आउन सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने सम्भावना छ।तपाईँसँग आज आफ्नो लागि पर्याप्त समय हुनेछ।  

मीन: काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। आफन्तको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । तपाईँलाई विगतका कमजोरीहरू सुधार्ने अवसर मिल्नेछ। विश्वास, प्रयास, र धैर्यको संयोजनले तपाईँको दिन असाधारण बन्न सक्छ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update