Harsamaya

कांठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको बताएका छन् । 

बुधबार नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तीकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा उनले विभेदका अवशेषहरू अझै रहेको भन्दै त्यसलाई पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील रहेको बताएका हुन्  ।  

उनले वर्तमान संयुक्त सरकारका माध्यमबाट पनि विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्नेतर्फ लाग्नु पर्ने पनि धारणा राखे । 

सभापति देउवाले  दलित समुदायका अधिकार प्राप्तिका लागि स्थापना भएका विभिन्न संघ–संगठन र विशेष गरेर नेपाल दलित संघले जुझारू ढंगले विभेदविरुद्ध आवाज वुलन्द गर्ने र राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्ने बताए । 

कार्यक्रममा बोल्दै उनले २०४९ सालमा मुलुकी ऐन संशोधन गरी जातीय भेदभाव र छुवाछुतको व्यवहारलाई दण्डनीय बनाएको पनि बताएका छन् । उनले आफू नेतृत्वको कांग्रेसको सरकारले २०५२ सालमै दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रम ल्याएको र २०५४ सालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति गठन गरेको समेत बताए । 

उनले ‘संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको  छ ।  विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील रहँदै आईरहेको छ र लागिरहने छ । अहिलेका यी वर्तमान संयुक्त सरकारका माध्यमबाट पनि विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्नेतर्फ लाग्नु पर्ने देखिएका छन्, साथै दलित समुदायका अधिकार प्राप्तिका लागि स्थापना भएका विभिन्न संघ–संगठन र विशेष गरेर नेपाल दलित संघले जुझारू ढंगले विभेदविरुद्ध आवाज बुलन्द गर्ने र राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्ने हुन्छ । २०४९ सालमा मुलुकी ऐन संशोधन गरी जातीय भेदभाव र छुवाछूतको व्यवहारलाई दण्डनीय बनाएको छ ।  मेरो  नेतृत्वको कांग्रेसको सरकारले २०५२ सालमै दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रम ल्याएको र २०५४ सालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति गठन गरेको थियो  ।’ 

धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका व्यक्तिहरूले ज्यानै गुमाउनु पर्ने किसिमका विभेदका घटनाहरू भोग्नु परेको देख्दा र सुन्दा अत्यन्तै पीडाबोध हुने उनले सुनाए ।  

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update