Harsamaya
वरिष्ठ साहित्यकार गणेश रसिकको निधन
वरिष्ठ साहित्यकार गणेश रसिक ।

काठमाडौं - वरिष्ठ साहित्यकार गणेश रसिकको निधन भएको छ ।

ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए ।

रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको । अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।


 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update