पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा सँधै किराँत समुदायसँग छु: डा. शेखर (भिडियोसहित)
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको बताएका छन्।
कोइरालाले नेपाली कांग्रेसले सधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने समेत प्रष्ट पारे ।
संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत सुनाए ।
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको ‘तुवाचुङ् डे’ लाई उदघाटन् गर्दै कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बताए ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२ १८:२१
प्रतिक्रिया दिनुहोस्