पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहम्मत अफताव आलमलाई मस्तिष्कघात भएको छ । उनलाई काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतल जनाएको छ ।
आलमलई शु्क्रबार बिहान करिब ९ बजे तिर नै अस्पताल पुर्याइएको थियो ।
२०६४ को संविधानसभा निर्वाचनमा बम बनाउँदा विष्फोट भएर घाइते भएका मानिसलाई इँट्टाभट्टामा ज्यूँदै जलाएको अभियोगमा जन्मकैद पाएका आलमलाई केही दिनअघि मात्रै उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो ।
नख्खु कारागारबाट रिहा भएक केही दिनमै उनलाई मस्तिष्कघात भएको हो ।
उनी रिहा भएसँगै उनको पक्ष र विपक्षमा टिकाटिप्पणी भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ २१:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय