Harsamaya
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
अख्त्तियार दुरुपयोग अनुसन्धान आयोग ।

काठमाडौं - यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।

कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर विरुद्ध अख्त्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार आरोपपत्र दायर गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update