Harsamaya
राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
आज माइतीघर क्षेत्रमा राजावादीहरूले प्रदर्शन गर्ने ।

काठमाडौं - राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरूले आज पनि प्रदर्शन गर्ने भएका छन् । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् । बिहीबार यो समूहले राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update