
काठमाडौँ - आज २०८२ जेठ १६ गते शुकबार। आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ - अब हेरौँ, तपाईँको राशिमा के लेखिएको छ ?
मेष : तपाईँलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ। यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ। प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका तपाईँले परिवारका सदस्य र साथीहरूसँग पर्याप्त समय पाउनुहुनेछ।
वृष : आम्दानी सामान्य भए पनि ठुलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। अचानक धनको लाभ हुने छ।
मिथुन : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। नयाँ व्यवसाय सुरु गर्ने अवसर छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। तपाईँको विनम्र व्यवहारको सराहना गरिनेछ। धेरै मानिसहरूले तपाईँको मौखिक रूपमा प्रशंसा गर्नेछन्। पारिवारिक भेटघाटले खुसी ल्याउनेछ ।
कर्कट : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। समुदायको लागि गरिएका प्रयासहरूको प्रशंसा हुनेछ। स्वास्थ्य राम्रो रहन्छ। आफन्तहरूले तपाईँबाट पनि केही मद्दतको आशा गर्नेछन्।
सिंह : परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। तपाईँ दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। तपाईँको अरूलाई बुझाउन सक्ने क्षमताले राम्रो लाभांश प्राप्त हुनेछ।
कन्या : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। तपाईँका प्रशंसकहरू बढ्नेछन् र सम्मान पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रण गर्न सकिनेछ व्यवसायमा ठुलो फाइदा ल्याउनेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
तुला : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। अध्ययन र अध्यापनमा प्रगति हुनेछ। तपाईँको बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नेछ रमाइलो यात्राको अवसर जुट्न सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।
वृश्चिक : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर मिल्नेछ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। पारिवारिक भेटघाटले मन रमाउने छ ।
धनु : प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। तपाईँको क्षेत्रमा प्रभुत्व जमाउने समय आएको छ। पैतृक सम्पत्तिको प्रयोग गरेर थप फाइदा उठाउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। । प्रतिष्ठित कामको जिम्मेवारी तपाईँलाई मिल्नेछ। तपाईँलाई चिन्ताले आफ्नो सोच्ने शक्ति घटेको छ भन्ने महसुस गर्नको लागि सही समय हो।
मकर : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्त्वपूर्ण काम दिलाउन सक्छ। मान सम्मान पनि पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। विगतका कमजोरीहरू सुधार्ने अवसर पाइनेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर प्राप्त हुनेछ। व्यापारबाट लाभ मिल्नेछ।
कुम्भ : विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। सुरुमा केही खर्च लागे पनि तपाईँले सोचेका कार्यहरू सफल हुनेछन्। व्यवसायमा लगानी बढाउने अवसर आउन सक्छ ।
मीन : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। तपाईँलाई विगतका कमजोरीहरू सुधार्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर प्राप्त हुनेछ। विश्वास, प्रयास, र धैर्यको संयोजनले तपाईँको दिन असाधारण बन्न सक्छ।