एसइई परीक्षा प्रदेशबाटै सञ्चालन गरिने

काठमाडौं - सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:५१
प्रतिक्रिया दिनुहोस्