Harsamaya
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिका लागि ४० करोड 
कीर्तिपुर क्रिकेट रंगशाला ।

काठमाडौं - सरकारले झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । 

बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलल काठमाडौंको मुलपानीलगायत मोरङ, कैलाली र रूपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको जानकारी गराए । 

त्यस्तै उनले खेल पूर्वाधार र संरचनाहरूमा लगानी बढाउँदै लैजाने र खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने पनि बताए ।

यस्तै, कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा ससर्त अनुदानको व्यवस्था गरिएको पनि उनले जानकारी गराए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update