Harsamaya
राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् । 

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । 

सोही  बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update