
काठमाडौं - आज २०८२ जेठ १३ गते । आज मंगलबारका दिन १२ राशिका जातकहरूको लागि विविध शुभ सङ्केतहरू ल्याउँदै आएको छ। कतै प्रेममा उन्मुक्ति छ, त कतै व्यापारमा लाभ। हेर्नुहोस् तपाईँको राशिले के भन्छ :-
मेष : आम्दानी सामान्य भए पनि ठुलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मिहिनेतले अवसर दिलाउनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला।समस्याका बिच टाढाको यात्रा हुनेछ।
वृष : पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।दिन उपलब्धिमूलक रहनेछ। सहयोगी र शुभचिन्तकहरूले साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। रोकिएका काम पूर्ववत् बन्न थाल्नेछन्।
मिथुन : आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । आँटेको काम भने सम्पादन हुनेछ। एक्लो प्रयासले बन्न नसकेको काम समूहमा गर्दा सम्पादन हुनेछ। व्यापार र साझेदारीमा फाइदा हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्।
कर्कट : घरेलु काममा रुचि बढ्नेछ। धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केही समस्या देखिन सक्छ। नयाँ कामको प्रस्ताव आउनेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने छन् । सहयोगीहरूले प्रतिस्पर्धीलाई साथ दिने हुँदा सोचेको उपलब्धि नहुन सक्छ। रोग, शत्रु र प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला।
सिंह : मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा गरेको लाभ मिल्न सक्छ। सोचेको आँटेको काममा सफलता मिल्नेछ । काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
कन्या : दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेको छ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको जस लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
तुला : शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। अरूले तपाइको मेहनत र इमानदारिताको खुलेर प्रशंसा गर्नेछन्। खर्च लागे पनि लगानी बढाउने अवसर जुट्नेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। प्रतिस्पर्धी समेत सहयोगीका रूपमा उपस्थित हुनेछन्।
वृश्चिक : काममा राम्रो फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन् । परोपकारी काममा रुचि बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। विश्वास गरेकाले धोका दिन सक्छन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो प्रगति हुनेछ।सहयोगीहरूको साथ पनि जुट्नेछ। मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ।
धनु : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।
मकर : शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन्। प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ । मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
कुम्भ : साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार बिहारमा सजग रहनुहोला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्क्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ।
मीन : अरूको विषयमा चासो राख्दा वादविवाद हुन सक्छ। आर्थिक अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मान सम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोली–व्यवहारमा सजग रहनुहोला।