संखुवासभाबाट ९ जुवाडे पक्राउ

संखुवासभा - जुवा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।
खाँदबारी नगरपालिका–९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दिपा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित ९ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय ८० रुपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ २०:४१
प्रतिक्रिया दिनुहोस्