
काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम मुछिएपछि शेखरले यस्तो सुझाव दिएका हुन् । शनिबार विराटनगर विमानस्माथलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजीनामा दिएर छानबिन समिति बनाउनु पर्ने बताए ।
उनले भने ‘रमेशजीको जुन आको छ उहाँले नैतिकताको हिसाबमा म क्लिन छु मैले राजीनामा गरे छानबिन समिति बनाउनूस् गर्नूस् तपाईंहरू भने भइहाल्यो सकियो । त्यसले मोरल स्टाटस देखिन्छ ।’
अर्को प्रसंगमा उनले रिडायर्ड भएको भोलिपल्ट सचिवहरूले संवैधानिक नियुक्ति लिने गरेको बताएका छन् । अहिले पनि २२/२३ जना सचिवहरू संवैधानिक परिषद्मा भएको उनले जाकारी दिए । यसले संवैधानिक निकायहरू सचिवहरूको पोष्ट रिडायर्ड क्लबजस्तो देखिएको उनको भनाइ छ ।
उनले नेपाली काँग्रेस, एमाले र माओवादी एक ठाउँमा बसेर राजतन्त्रको बारेमा डिसिजन गर्न उनले सुझाव दिए ।