Harsamaya
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र
(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझ्दै ।

कास्की - जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान अन्तर्गत कास्की पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन् । 

उक्त ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत अन्य समाजवादी धारका दुई दलहरू समेत सहभागी थिए । 

उनीहरूले कास्की जिल्ला र मध्यपहाडी (पुष्पलाल लोकमार्ग)सँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटेर उक्त ज्ञापनपत्र अध्यक्ष प्रचण्डसमक्ष प्रस्तुत गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update