Harsamaya
मौसममा खराबी आएपछि क्याम्प ३ बाट २ मा फर्किए विश्वप्रकाश
नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा ।

काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा सगरमाथाको क्याम्प ३ बाट फर्किएका छन् । 

मौसममा खराबी आएसँगै शर्मा क्याम्प ३ बाट २ मा फर्किएका हुन् । शनिबार सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिँदै उनले क्याम्प २ पर्किएको बताए । ‘मौसमले साथ दिए सगरमाथा चढ्ने नत्र अर्को पटक जाने’, उनले भने । 

उनले लेखेका छन्, ‘खराव मौसमले किर्तिमानी आरोही कामिरिता शेर्पालाई छोडेन, हामीलाई छोड्ने कुरा भएन !
हामी camp 3 को करेसाबाट ओह्रालो फर्किएर camp 2 पुगेपछि पो थाहा पायौं कामिरिता दाइ Camp 4 बाट हस्याङ फस्यांङ गर्दै तल झर्दै हुनुन्दो रहेछ । आदरणीय कामिरिता दाइ ३० पटक आरोहण गरिसकेको आफ्नै रेकर्ड तोड्न जाँदै हुनुन्थ्यो । तर हावाहुरी, हिम पहिरो आदिका सामु कसको के लागोस् । यद्यपि म जस्ता नौला यात्रीहरु फर्किएपनी म विश्वस्त छु - यी हिउँ चितुवा दाजुले मौसमलाई छक्याएर नै पनि ३० पटकको रेकर्ड तोडेर ३१ औं आरोहणको खबर जरुर दिनुहुनेछ ।’

>

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update