Harsamaya
अर्थ मन्त्रालय प्रवेशमा कडाइ
अर्थ मन्त्रालय ।

काठमाडौं - अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।  बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।

‘बजेट निर्माणसम्बन्धी सबै पक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरू जारी छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने,‘बजेट तयारीलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।’

आर्थिक वर्ष २०८२।८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।

यही जेठ १५ गते संघीय संसदको बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्ने छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update