Harsamaya
 द्वन्द्वपीडितले झपारेपछि कार्यक्रम नसकिदै बाहिरिएका थिए भट्टराई
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ।

काठमाडौं - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विश्वमा भएका द्वन्द्वमा हजारौ लाखौं मारिए पनि नेपालमा भएको सशस्त्र द्वन्द्वमा १७ हजारको मात्रै मृत्यु भएको बताएपछि द्वन्द्वपीडितले आपत्ति जनाएका छन् । 

बिहीबार काठमाडौंमा नेपाल मानवअधिकार सङ्गठनद्वारा आयोजित ‘मानव अधिकार र लोकतन्त्रमा सङ्क्रमणकालीन न्यायको असर’ विषयक नागरिकस्तरीय छलफलमा भट्टरराईले यस्तो बताएपछि द्वन्द्वपीडितले विरोध गरेका थिए । 

पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि भट्टराई कार्यक्रमको बीचबाटै बाहिरिएका थिए । 


 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update