Harsamaya
गोहीले खाएको अवस्थामा महिलाको शव फेला

चितवन - चितवन राष्ट्रिय निकुञ्जभित्र नारायणी नदीको किनारमा गोहीले खाएको अवस्थामा महिलाको शव फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर २८ मा पर्ने नारायणी नदीमा टाउको र कम्मरभन्दा मुनिको भाग गोहीले खाएको अवस्थामा हिजो साँझ पानीमा फेला परेको हो।  

नदीको किनारमा शव रहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा गएको टोलीले शवलाई पानीबाट बाहिर निकालेर मुचुल्का तयार गरी आवश्यक प्रक्रिया पूरा गरेको चितवन प्रहरीले जानकारी दिएको छ। अहिलेसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन । पोस्टमार्टमका लागि शवलाई मध्यबिन्दु अस्पताल पठाइएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update