Harsamaya
आजको तपाईंको दिन कस्तो रहला  ? यस्तो छ आजको राशिफल
सांकेतिक तस्वीर: हर समय/ Har samaya

काठमाडौँ - आज २०८२ जेठ ५ गते साेमबार। आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ - अब हेरौँ, तपाईँको राशिमा के लेखिएको छ ?

मेष : केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। विभिन्न अवसरहरू प्राप्त हुनेछ । परिवारको सहयोग र मार्गदर्शनले महत्त्वपूर्ण कार्यहरूमा प्रगति प्राप्त हुनेछ।  मेहनत गर्दा अवसरको ढोका खोलिनेछ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।

वृष : कडा परिश्रम र प्रयासको फलस्वरूप प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ। साथीभाइहरू बाट सहयोग मिल्नेछ । पारिवारिक भेटघाटले  तपाईँलाई खुसी प्राप्त हुनेछ । यसले तपाईँको मानसिक स्थिति पनि सकारात्मक बनाउनेछ। आम्दानी सामान्य भए पनि ठुलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। 

मिथुन : नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।  तपाईँको कामको उचित मूल्याङ्कन हुनेछ । परिवारको समर्थनले तपाईँलाई ठुलो काममा सफलता दिलाउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

कर्कट : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। रमाइलो यात्रा र नयाँ अनुभवहरूको अवसर प्राप्त हुनेछ ।  मन मिल्ने साथी भेट्नुका साथै प्रेमको सम्बन्ध अझ गहिरो र सशक्त बन्न सक्छ। 

सिंह : तपाईँले आँटेको  काममा सफलता मिल्नेछ ।  तपाईँलाई व्यवसायमा लगानी बढाउने मौका प्राप्त हुनेछ र यसले भविष्यमा राम्रो नतिजा दिनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। 

कन्या : आज मान सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् ।  प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रणमा ल्याउन सकिनेछ । र सहयोगीहरूको साथले तपाईँलाई व्यवसायमा ठुलो फाइदा पुग्नेछ। यसका साथै, तपाईँलाई प्रशस्त अवसर मिल्नेछन्। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

तुला : यस समय तपाईँको क्षेत्रमा प्रभुत्व जमाउने बेला छ। पैतृक सम्पत्ति को प्रयोग गरेर थप फाइदा उठाउन सकिनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।  प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

वृश्चिक : विगतमा भएका कमी कमजोरीलाई सुधार्नका लागि उपयुक्त समय छ। विशिष्ट व्यक्तित्वहरूको सहयोगले विशेष अवसरहरू प्राप्त हुनेछन् ।  व्यापार व्यवसायमा  राम्रो लाभ प्राप्त हुनेछ। धेरै पछिको साथी भाइसँगको भेटघाटले मनमा खुसी छाउनेछ । 

धनु : तपाईँको काममा सुधार आउनेछ र तपाईँले आँटेका कार्यहरू पुरा हुनेछन् ।  एउटै कामबाट दोहोरो लाभ प्राप्त हुनेछ र तपाईँका प्रयासहरूको सराहना गरिनेछ। समुदायका लागि गरिएको कामले तपाईँलाई सम्मान दिलाउनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । 

मकर : साथी भाइसँगको रमाइलो यात्रा हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ। तपाईँको लगनशीलताले महत्त्वपूर्ण कामहरूमा सफलता मिल्नेछ । मान सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ।

कुम्भ : अध्ययन र शिक्षामा प्रगति हुनेछ ।  तपाईँको बोली र शब्दको प्रभावले धेरैलाई आकर्षित गर्नेछ भने कामलाई सजिलै सम्पन्न गर्न मद्दत पुर्‍याउनेछ। रमाइलो यात्राको योग पनि देखिन्छ। स्वास्थ्यको दृश्यबाट धेरै राम्रो दिन। 

मीन : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । स्वास्थ्यका लागि आहारबिहारमा सजग रहनुहोला। 

 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update