चट्याङ लागेर सप्तरीमा एक भारतीय बालिकाको मृत्यु

सप्तरी - चट्याङ लागेर सप्तरीमा एक जना बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत उत्तरप्रदेश जिल्ला सामली केरना-८१ घर भई हाल सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१४ बस्ने सात वर्षीया जेनव खातुन रहेकी छिन्।
शनिबार बिहान साढे ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा पुर्याउँदा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
चट्याङ लागेर अर्का सात वर्षीय बालक जुविर खान घाइते रहेका छन्। मृतक र घाइतेका बुवाआमा सप्तकोशी नदीको बगरमा अस्थायी टहरा हालेर बसिरहेका थिए।
घाइते बालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२ १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय