मण्डलामा आजदेखि ‘ऋतु राग’ मञ्चन हुँदै

काठमाडौं - मण्डला थिएटरको नाट्य सिजन २०८२/८३आजबाट सुरु हुन लागेको छ । पहिलो नाटक ‘ऋतु राग’ शुक्रबार साँझ ६:३० बजे सुरु हुनेछ ।
यो नाटकको लेखन तथा निर्देशन सुदिप खतिवडाले गरेका छन् भने सह-निर्देशन दिपेश काफ्लेले गरेका छन् । नाटक जेठ २ गते देखि १८ गतेसम्म मञ्चन हुनेछ । सोमबारबाहेक अन्य दिन शो साँझ ६:३० बजे हुनेछ भने शनिबार दिउँसो २:३० बजे शो हुनेछ ।
यस नाटकमा दिपेश काफ्ले, सागर खाती कामी, प्रशंसा शिवाकोटी, रुजा राउत, उमेश दुलाल, शशांक बस्नेत, सिमोन गिरी र सुजन घिमिरे कलाकार रहेका छन् । यसमा ६ वटा ऋतुमा ५ जना कलाकार छन् भने एक जनाले दोहोरो भूमिका निर्वाह गर्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ १६:३०
प्रतिक्रिया दिनुहोस्