Harsamaya
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

चितवन - पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगरमा लहानबाट काठमाडौँतर्फ आइरहेको यात्रुबाहक बस  डिभाईडरमा ठोकिएर दुर्घटना भएको छ । 

प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । बसमा ३९ जना यात्रु सवार थिए । घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update