Harsamaya
प्रतिनिधि सभाको बैठक  बस्दै, अर्थमन्त्रीले जवाफ दिने
संघीय संसद ।

काठमाडाैं - संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाइएको छ ।

आजको बैठकमा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पाैडेलले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै यस अघि आगामी आर्थिक वर्ष २०८२ / ०८३को लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्नमाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन् । वैशाख ३० गते देखि उक्त विधेयकमाथि निरन्तर छलफल जारी छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update