Harsamaya

काठमाडौं - लोकतन्त्रको मान्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्ने सांसद ईश्वर बहादुर रिजालले बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको सुन्ने समयमा बोल्दै एमाले सांसद रिजालले पुँजीवादको चरित्र अराजक हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रमा खबरदारी हुनुपर्ने समेत बताएका छन् । 

उनले अराजकतामा अनुशासन नहुने बताएका हुन् । सांसद रिजालले राम्रा कुरामा खण्डन मात्र नभइ मनन गर्नुपर्ने बताएका हुन्  ।

उनले लोकतन्त्र भित्रको सरकार सङ्ख्याले  चल्छ तर संख्या भित्रको सरकार  लोकतन्त्रले नचल्ने बताए छन् । उनले लोकतन्त्रको मालिक र  दास नभई  लोकतन्त्र भनेको जनता सरह हुने बताएका छन् ।

जनताको प्रतिनिधिको थलो लोकतन्त्र रहेकाले लोकतन्त्रलाई  राम्रो गर्न आवश्यक रहेको बताएका छन् । सांसद रिजालले लोकतन्त्र एउटा चेतनामात्र नभइ समाजमा सामूहिकता, आर्थिक समानता  र राजनीतिमा स्वतन्त्रता रहेको बताएका हुन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update