Harsamaya
गायिका एलिना चौहानले कोटिहोममा प्रस्तुति दिने
गायिका एलिना चौहान

पोखरा - पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बिहीबार गायिका एलिना चौहानको विशेष प्रस्तुति दिने भएकी छिन् । 

कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुति दिन लागेकी हुन् ।

जसका लागि गायिका चौहान पोखरा पुगिसकेकी छिन् । गायिका  चौहानले पोखरा विमानस्थलमा ल्याण्ड गरेलगत्तै पोखरा पुगेको जानकारी दिँदै उनले सबै भक्तजनहरूलाई उपस्थितिका लागि आव्हान गरेकी छिन् । गायिका एलिना आमासहित पोखरा पुगेकी हुन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update