प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडाैं - संघिय संसद अनतर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेको लागि बैठक बोलाइएको छ । बैठकमा आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । समिति सभापति राज किशोर यादवले वार्षिक प्रतिवेदन, २०८२ पेश गर्नुहुने छ ।
यसै गरी कानुन, न्याय तथा मानव अधिकार समितिको पनि वार्षिक प्रतिवेदन, २०८१÷०८२ पेश गर्ने कार्यसूची छ । सभापति बिमला सुवेदीले “कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१÷०८२“ पेश गर्नुहुने छ ।
आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल पनि जारी रहने संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ ०६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय