
काठमाडौं - सरकारले संक्रमणकालीन न्याय निरूपणका लागि बनेका दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ।
बुधबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगमा महेश थापा र बेपत्ता छानबिन आयोगमा लीलादेवी गड्तौलााई अध्यक्ष नियुक्त गरेको हो ।
थापा उच्च अदालतका पूर्वन्यायाधीश हुन् भने गड्तौला पूर्वमुख्यसचिव हुन्। गड्तौला मुख्य सचिव हुने पहिलो महिला पनि हुन्।
मन्त्रिपरिषद् बैठकले दुई आयोगमा अध्यक्षहरू बाहेक थप चार/चार जना सदस्यहरू पनि नियुक्त गरेको छ।
सत्य निरूपण तथा मेलमिलाप आयोगमा अच्युत प्रसाद भण्डारी, टिका प्रसाद ढकाल, पदम बहादुर शाही र कुमारी कौशल्य ओझा सदस्यमा नियुक्त भएका छन् । यस्तै बेपत्ता छानबिन आयोगमा गोपालनाथ योगी,अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य नियुक्त भए ।