Harsamaya
जिप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु
दुर्घटनामा प्रहरीको मृत्यु ।

उदयपुर - गाइघाटमा पिकअप जिप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । शनिबार गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो ।

प्रदेश २ –०१–००च २१५ नंको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा आज बिहान काम विशेषले विराटनगर गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए । 

दुर्घटनामा चालक उदयपुरकै चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनका १४ वर्षीया छोरी घाइते भएका छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update