
नवलपुर - नवलपुरमा एकै परिवारका दाजुभाइको दुर्घटनामा निधन भएको छ । कावासोती नगरपालिका–११ लोकाहाका दाजुभाइको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
शनिबार साँझ रिठेपानी सडक खण्डमा भएको दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका भाइ २२ वर्षीय सागर दर्लामीको मृत्यु भएको हो ।
लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकल मुण्डेबाट लोकाहातर्फ जाँदै गर्दा सवारी चालकले नियन्त्रण गुमाउँदा सडकको किनारमा रहेको कल्पटमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका नवलपुरका प्रहरी निरीक्षक सुदिप पौडेल जानकारी दिए ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई तत्कालै उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।