Harsamaya
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
प्रतिनिधिसभा बैठक ।

काठमाडौं -  प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ । बैठकमा आज पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक वर्ष २०८२ /८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।

गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । त्यसयता वैशाख २२ गते देखी सरकारको नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ । 

साथै, आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको ब्यहोरासमेत जानकारी गराइने कार्यसूचीमा छ ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update