Harsamaya
बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा सामान्य चाेट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।

काठमाडाैं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गए राति बाथरुममा लडेर उनी घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।

राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किसकेका छन् । उनको अहिले स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update