Harsamaya
तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
सांकेतिक तस्वीर : हर समय/ Har samaya

काठमाडाै - आज २०८२ वैशाख २४ गते बुधबार ।  आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ ।  हेरौँ, तपाईँको राशिमा के  छ ।

मेष : काममा केही चुनौती देखिए पनि मेहनत गर्दा सफल भइनेछ ।  सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मन खुसी रहनेछ । अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। व्यावहारिक समस्याले योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। अध्ययनतर्फ मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। 

वृष : हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। अरूको फाइदाका लागि उपयोग भइनेछ, परिस्थिति आफ्ना लागि भने प्रतिकूल रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। मिहिनेतले आँटेको काम बन्नेछ। 

मिथुन : धेरैले विश्वास गर्नेछन् । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् भने रमाइलो यात्राको योग रहेको छ । आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिन        

कर्कट : समय साथीभाइसँग रमाइलोमा बित्नेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मिहिनेतले मान सम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखार आउनेछ।  मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ।

सिंह :  प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ भने अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ ।  

कन्या : प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला।  दिगो काम गर्न समयले साथ दिनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।

तुला : आकस्मिक धन लाभ हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ ।  पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ ।  व्यापार बढ्नेछ, रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्न सक्छ। विशेष भेटघाटले कामको नयाँ अवसर दिलाउन सक्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश पनि प्राप्त हुनेछ।

वृश्चिक :  आम्दानी प्रशस्तै बढ्नेछ । परिवारसँग मनमुटाब हुने देखिन्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद–प्रतिष्ठा प्राप्त गर्ने बेला छ। अवसरले मन प्रफुल्लित गराउनेछ। टाढिएका साथीभाइ नजिकिनेछन् भने पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने आयस्रोत सबल बन्नेछ।

धनु : सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला । सहयोगको नाममा झुक्याउनेहरूले दुःख दिनेछन्। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ। पछाडिबाट अवरोध पुराउनेहरू सक्रिय रहने हुँदा सजग रहनुहोला।

मकर :  स्वास्थ्यमा समस्या आउन सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ। व्यापार व्यवसायबाट त्यति लाभ मिल्नेछैन । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

कुम्भ : सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ । साथीभाईको सहयोगले आत्मबल बढ्नेछ । आमाको साथले नयाँ कामको थालनी हुनेछ । केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ। सोख र भौतिक साधनले खर्च बढाउन सक्छ। बलजफती गर्ने बानीले पनि समस्या आउन सक्छ। केही समय प्रतीक्षा गर्नुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। प्रयत्न गर्दा गुमेको स्थान प्राप्त भए पनि उपलब्धि हात पार्न समय लाग्नेछ।

मीन : आफ्नै प्रयासले काममा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ।  पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिष्ठा जोगाउन सफल भइनेछ। 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update