Harsamaya
सदनमा उठेका प्रश्नहरूलाई सरकारले बेवास्ता गर्यो :सांसद शर्मा
नेकपा माओवादीका सांसद जनार्दन शर्मा ।

काठमाडौं - नेकपा माओवादीका सांसद जनार्दन शर्माले शून्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गर्नुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरूलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भीर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका छन् ।

उनले भने, ‘संसदमा पटक पटक विषयहरू उठेका छन्, प्रश्नहरू उठेका छन् । नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो र गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो, विश्वविद्यालयका भिसिहरू किन खाली भइरहेका छन् । स्वास्थ्य बीमा किन भुक्तानी गरिँदैन, मध्य पहाडी करिडोर भेरी नदि,मेगापुल, हुलाकी मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् भनेर प्रश्न जिज्ञासा संसदमा दैनिक हामीले राखि रहेका छौं । यी जनता, सुशासन र राष्ट्रसँग सम्बन्धित प्रश्न हुन् तर सरकार समाधानतिर त के जबाफ पनि दिन तयार छैन । यो गैर जिम्मेवारी किन शून्य समय सुनाएर उठाउँनको लागि हो भने बन्द गरौं होइन भने सरकारले गम्भीर भएर जबाफ दिनुपर्छ भनेर सभामुखसँग निर्देशनको लागि माग गर्छु ।’
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update